रूपन्देही, ५ पुस । रूपन्देहीको सैनामैना मुर्गियामा सिकार खेल्न जंगल गएका एकजनाको भरिया बन्दुक पड्केर ज्यान गएको छ । सैनामैना नगरपालिका वडा नम्बर २ का ६० वर्षीय बासु चौधरीको गोली लागेर मृत्यु भएको हो ।
जंगलमा गोली लागेर घाइते बनेका थारूको उपचारका लागि तयारी गर्दागर्दै ज्यान गएको इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका इन्सपेक्टर वसन्त राना मगरले बताए ।