भैरहवा– एमाले निकट युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको अज्ञात समुहको गोली प्रहारबाट हत्या भएको छ । सोमबार अपरान्ह रातो मोटरसाइकलमा आएको अज्ञात समुहले उनीमाथि देवदह नगरपालिकामा पर्ने खैरेनीबजारमा गोली हानेको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने समुह फरार रहेको र प्रहरीले उनीहरुको खोजीकार्य तीब्र बनाएको छ । घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका एसपी अहिले घटनास्थलमा पुगेका छन् । प्रहरीले अहिले सीमानाका सिल गरेर आक्रमणकारीको खोजीकार्य तीब्र बनाएको जनाएको छ ।
रातोपाटी बाट