
नायिका वर्षा शिवाकोटी पछिल्लो समय नेपाली चलचित्रका साथै म्युजिक भिडियोहरुमा समेत उतिकै व्यस्त हुन थालेकी छिन् । हालै गायक प्रितम लामाको मेहेन्दो माया बोलको गीतको म्युजिक भिडियोमा उनी मोडल एस राजसँग देखा परेकी हुन् । भिडियोमा रमणीय दृश्यहरुका साथै वर्षा र एस राजको रोमान्स देख्न सकिन्छ । मेहेन्दोको अर्थ तामाङ भाषामा फूल हुन्छ ।
तामाङ सेलो भाकाका गीतहरु नेपाली भाषामा निर्माण हुने क्रम कम भएको समयमा गायक लामाको यो गीतबाट सांस्कृतिक एकता र विकासमा थप योगदान मिल्ने अपेक्षा गर्न सकिन्छ ।