काठमाडौं- प्रमूख दलका शीर्ष नेताहरुबीच संविधान संशोधन, स्थानीय निर्वाचन, महाअभियोग लगायतका राजनीतिक विषयमा सहमतिको प्रयास जारी राख्ने समझदारी भएको छ । सभामूख ओनसरी घर्तिको आब्हानमा सिंहदरबारमा बसेको बैठकले सहमति खोज्न सम्वाद जारी राख्ने निर्णय गरेको हो ।
बैठकमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुले संविधान कार्यान्वयनका लागि दलहरु मिल्नुको बिकल्प नभएकोमा जोड दिँदै संविधान संशोधन, महाअभियोग, निर्वाचन लगायतका राजनीतिक विषयमा प्याकेजमै सहमति जुटाएर अघि बढ्न प्रस्ताव गरेका थिए ।
बैठकमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर छलफल अघि बढाउनुपर्ने धारणा राखेका थिए । शीर्ष बैठकले दलहरुबीच सम्वाद जारी राख्दै सहमतिमै अघि बढ्ने समझदारी भएको बैठकपछि नेताहरुले प्रतिक्रिया दिए ।