चितवन, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले हिमाल, पहाड र मधेशलाई एकताबद्ध गर्न र राष्ट्रिय एकता अझ मजबुद बनाउन संविधान संशोधन प्रस्ताव ल्याएको बताएका छन् । उनले संविधानलाई सर्वस्वीकार्य बनाइ चुनावको वातावरण तयार पार्न संशोधन प्रस्ताव महत्वपूर्ण हुने बताए ।
उनले विगगतमा कांग्रेस र एमालेले ल्याएको प्रस्तावलाई अहिले सरकारले संशोधनको रुपमा ल्याएकाले यससलाई स्वीकार गर्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरे ।
आफैले हस्ताक्षर गरेको प्रस्तावलाई एमालेले अहिले राष्ट्रघाती भन्दा आफूलाई अचम्म लागेको बताउँदै प्रधानमन्त्रीले आफूले त्यही प्रस्ताव गर्दा राष्टघाती नहुने अहिले कसरी भयो भन्ने प्रश्न गरे ।
प्रधानमन्त्रीले नयाँ संरचना अनुसार नै चुनाव हुने बताउँदै यसमा दलहरुबीच छलफल गरेर समझदारी गरिने बताए । चितवनबासीका लागि सरकारको तर्फबाट विशेष प्याकेज ल्याउने तयारी भइरहेको दाहालले जानकारीसमेत दिए ।