रबिन्द्र यादवरनवलपरासी स् नवलपरासीका मुस्लिम समुदायहरुले जिल्लामा उदुृ उच्च शिक्षाको माग गरेका छन् । कक्षा ५ सम्मको मात्र अनुमति प्राप्त मदरसाहरुले अब उच्च शिक्षा सम्मको अनुमति पाउनुपर्ने एक कार्यक्रमबीच सरकारसँग माग गरेका हुन् ।
जिल्लामा सांस्कृति तथा बौद्ध विद्यालयहरुले उच्च शिक्षा समेत शिक्षा प्रदान गरिरहदा हामी म’स्लिम समुदायले पनि उर्दुको उच्च शिक्षा पठनपाठन गर्न पाउने सरकार संग माग गरिएको अध्यक्ष हुसैन मिँयाले जानकारी दिनुभयो। कक्षा ५ पछिको पढाई पछि सामर्थ विद्यार्थीले छिमेकी देश भारतमा गई उच्च शिक्षा हासिल गर्ने गरेका छन् भने अधिकांश विद्यार्थीहरु उर्दु शिक्षाबाट बन्चित हुने गरेका छन्।
ईस्लामिक मुल्यमान्यता अनुसार उर्दु शिक्षा प्रत्येक मुस्लिम वर्गले हासिल गर्न आनिवार्य मानिन्छ तर पनि केहि व्यक्तिहरुले मौलाना तथा धर्मावलम्बी बन्न खोज्दा नेपालमा कक्षा ५ पछिको शिक्षाको व्यवस्था नहुँदा अधिकांश विद्यार्थीहरुको भविष्य अन्यौलमा पर्ने गरेको ईस्लामिया मदरसा संघका अध्यक्ष बुद्धन अलिले बताउनुभयो ।
राती आयोजित जल्समा धर्मावलम्बीहरुले पछाडी परेका मुस्लिम समुदायहरुको चेतना वृद्धिका लागि सरकारले विभिन्न चेतनामुलक तथा शिपमुलक तालिम दिन आग्रह गरे । मोहम्मद डे को अवसरमा चल्दै आएकोस्ताह व्यापी जल्सा कार्यक्रम राती सदरमुकाम परासीमा सम्पन्न भएको थियो ।