काठमाडौं । इजराएड र कृषि तथा वन विश्वविद्यालय, रामपुरबीच स्थानीय जातका मौरीहरुको अनुसन्धान र प्रवद्र्धन गर्न दुइपक्षीय सम्झौता भएको छ । शुक्रबार इजराएडको कार्यलय वालुवाटारमा इजराएडका प्रमुख बेन दगानी तथा विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकाल र मौरी विज्ञ प्रा. डा. खेमराज न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
स्थानीय जातको मौरी पालन बढ्दै जाँदा जैविक विबिधताको संरक्षण एंव वातावरणीय शुद्धता कायम रहनेछ । विश्वविद्यालयमा मौरी पालन सम्बन्धित तीन ओटा विषयहरुको अध्ययन सुरु भएको छ, जति सक्दो चाँडो मौरी विज्ञान विभागको स्थापना गरी मौरी अनुसन्धान तथा विकासका लागि मौरी विज्ञानसम्बन्धी विज्ञको उत्पादन गर्नु अपरिहार्य छ । उक्त कार्यक्रममा इजारायली राजदुत यान मायर, समाजकल्याण परिषदका मदस्य सचिव दिल्ली भट्ट लगायतको उपस्थिति रहेको थियो ।