नवलपरासी, २ पुस। नवलपरासीमा मधेसी मोर्चाका कार्यकर्ताले बन्दको प्रतिकार गर्दै एमाले पार्टीको झण्डा जलाएका छन् । शुक्रबारदेखि नेकपा एमालेल पुनः प्रदेश नं. ५ को बन्दको आव्हान गरेपछि नवलपरासीमा मोर्चाले बन्दको विरोध गर्दै एमाले पार्टीका झण्डा जलाएका हुन् ।
एमालेद्धारा आव्हान बन्दलाई मोर्चाले प्रतिकार गर्दै मोर्चाका कार्यकर्ता आज परासी आसपासका क्षेत्रको बन्दलाई खुलाउदै हिडेका थिए । सरकारले हाल ल्याएको प्रदेश नं. ५ को संघियताका खाका कुनैपनि हालतमा फेरिनु हुदैन भनी माग गर्दै मोर्चाले सरकारलाई समर्थन जनाएका थिए ।