काठमाडौं, १ पुस । एसीसी अण्डर नाइन्टिन एशिया कप क्रिकेट अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भारतसामू १७३ रनको बिजयलक्ष्य प्रस्तुत गरेको छ ।
नेपालका लागि रोहित कुमार पौडेलले अभिजित ६८ रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले ३४ रन जोडे । यस्तै आशिफ शेखले १८, प्रकाश केसी १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
भारतका लागि राहुल चहारले सर्वाधिक ५ विकेट लिए। यस्तै कमलेश नगरकोटी, यस ठाकुर, आयुश जम्बवाल र हिमांशु रानाले एक–एक विकेट लिएका थिए।