काठमाडौं, १ पुस । तेह्रथुमको संक्रान्ति बजारमा आगलागी भएको छ । आगलागीबाट अहिलेसम्म २० घर जलेर नष्ट भएका छन् । अग्नी सेडाइँको घरबाट सल्किएको आगोले बद्री सेडाइँ, दिपेश सिटौला र रत्न तामाङको सहित २० घर जलेर नष्ट भएका छन् ।
आगो निभाउन दमकल पनि नभएको र पानीको पनि अभाव भएको प्रहरीले जनाएको छ । आगलागीबाट थप क्षति हुन नदिन आआफ्ना घरबाट सबै सामान बाहिर निकाल्न प्रहरीले अपिल गरेको छ । तेह्रथुममा दुई दिनदेखि खानेपानीको पनि अभाव छ ।