Indrenionline.com

आन्दोलन झनै चर्काउने नेकपा एमालेको निर्णय

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालले संविधान संशोधन विधेयकविरुद्ध संसदभित्र र बाहिर चलिरहेको आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

g]skf Pdfn]4f/f kf6L{ s]lGb|o sfof{no w'djf/fxLdf cfof]hLt kqsf/ ;Dd]ngdf af]Nb} cWoIf s]kL cf]nL ;fydf jl/i7 g]tf emngfy vgfn / dfwj s'df/ g]kfn / u[xdGqL jfdb]j uf}td . tl:a/ M k|bLk/fh jGt,/f;;
संशोधन विधेयक असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित विपरित रहेको भन्दै एमालेको स्थायी कमिटीको आज वसेको बैठकले आन्दोलन शसक्त बनाउने निर्णय गरेको हो ।

बैठकले विधेयक फिर्ता गरी आगामी चुनावका लागि राजनीतिक शक्तिहरु बीचमा सहमतिको वातावरण बनाउँदै कानुनी तथा राजनीतिक तयारीका लागि अग्रसरता लिन सरकारको ध्यानाकर्षण गराएको केन्द्रिय प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।