पर्सा, ३० मंसिर । पर्साको निर्मलबस्ती गाविसमा जङ्गली हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ ।
तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला वनबाट आएको हात्तीले आक्रमण गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक चौधरीको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।