रुकुम, ३० मंसिर। रुकुम उद्योग वाणिज्य सङ्घ रुकुमले पहिलो पटक मध्यपश्चिम महोत्सवको आयोजना गर्ने भएको छ ।
उनी भन्छिन, ‘रुकुमको पर्यटन, व्यापार, कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक मध्यपश्चिम महोत्सव गर्ने तयारी भएको हो ।’
महोत्सवमा रुकुमका पर्यटकी क्षेत्रहरुकोे अवलोकन, जिल्लाको विभिन्न ठाउँमा प्याराग्लाडिङ र सानीभेरी नदीमा ¥याप्टीङ सञ्चालन गर्ने रुकुम उद्योग बाणिज्य सङ्घले बताएको छ । यसका साथै रुकुम ब्राण्डका तरकारीको बिउको बजारीकरण गर्ने पनि बताएको छ ।