Indrenionline.com

पूर्वप्रधानमन्त्री पत्नी गायत्री २० घण्टा थुनामा परेपछि…

तीन साताअघि टर्कीको इस्तान्बुल बिमानस्थलमा अपमानजनक तरिकाले २० घण्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पत्नी गायत्री नेपाल अझै त्यस घटनाको पीडाले रन्थनिइरहेकी छन् ।

घटना संयोग या षड्यन्त्र जे पनि हुनसक्ने भन्दै उनले यथार्थ बाहिर नआएसम्म केहि नबोल्ने बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

मंसिर ११ देखि सुरु हुने वर्ल्ड पिस पाउण्डेसनको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पत्नी गायत्रीसहित ९ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । तर काठमाडौंबाट टर्कीसम्म सामान्य अवस्थामा पुगेकी गायत्रीले त्यहाँ भने निक्कै कष्ट ब्यहोर्नुपरेको थियो ।

गायत्रीको पासपोर्ट नम्बर इन्टरपोलको कालोसूचीमा रहेको देखिएपछि उनीमाथी टर्किस प्रहरीले शंका गरेको थियो । कुटनीतिक दराहदानी बोकेको र आफू पूर्वप्रधानमन्त्री पत्नी भएको बताउँदा पनि अध्यागमनले छोड्न मानेको थिएन ।

तर नेपालको प्रहरी र अमेरिकास्थित दूतावासको सक्रियतामा इन्टरपोलमार्फत उनलाई क्लियरेन्स आएपछि २० घण्टापछि उनी अमेरिका उडेकी थिइन् ।

अनलाइनखबरबाट