काठमाडौं, २९ मंसिर । उर्जा मन्त्री जनार्दन शर्माले पेश गरेको सम्पत्ति विवरण अनुसार उनको नाममा र श्रीमती लक्ष्मी शर्माको नाममा पुख्यौंली घर रुकुममा केही जग्गा रहेको उल्लेख छ । त्यस्तै उनको २ तोला सुन र २० तोला चाँदी छ ।
उर्जा मन्त्री शर्माको गाई फार्म पनि छ । शर्माको गाई फार्ममा १० वटा गाई छन् । ल्यापटप, घडी, दराज, क्यामेरा, टिभी एक एक वटा रहेको उनले उल्लेख गरेका छन् भने मोबाइल २ वटा छन् ।