काठमाडौं, २९ मंसिर । सिँचाइ मन्त्री दीपक गिरीले पेश गरेको सम्पत्ति विवरणमा उनका काठमाडौं टोखामा १३ आना भन्दा बढी जग्गामा ३ तले पक्की घर र टोखामै अर्को एउटा घर छ ।
त्यस्तै दाङको स्वर्गद्वारी क्रसर उद्योगमा १० प्रतिशत र दाङकै योगी व्रदर्श क्रसर उद्योगमा २५ प्रतिशत शेयर भएको उल्लेख छ । मन्त्री गिरीले एउटा स्कर्पियो गाडी भएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।