काठमाडौं, २९ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनीमा सुख्खा बन्दरगाह निर्माण कार्य चाँडै थालिने बताएका छन् ।
यसैगरी मन्त्री लेखकले चादँनीस्थित भानु बहुमुखी क्याम्पसमा आयोजना भएको महायज्ञको आज उद्घाटन गर्दै यस क्षेत्रको विकासका लागि सडक, पुललगायत संरचना निर्माणमा आफूले प्राथमिकताका साथ कार्य गरिरहेको बताए । रासस