काठमाडौं, २८ मंसिर । एएफसी कपको छनोट प्ले अफ खेल्नबाट बञ्चित भएपछि थ्रीस्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ६ करोड क्षतिपूर्ती माग गरेको छ । साथै उसले यो मुद्दाको टुंगो नलागेसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने घोषणा गरेको छ ।
एएफसीले पटक पटक ताकेता गर्दा समेत एन्फाले नाम दर्ता नगरिदिएपछि राष्ट्रिय लिग विजेता थ्रीस्टार एएफसी कपको छनोट प्ले अफ खेलबाट बञ्चित भएको हो ।