इलाम, २८ मंसिर। दुई महिलालाई जबर्जस्ती करणीपछि बेचबिखन गर्न खोजेको आरोपमा इलामका तीनमध्ये दुईजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
जबर्जस्ती करणी गरेको भन्दै मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । घटनामा संलग्न भनिएका अर्का व्यक्ति साँखेजुङका २५ वर्षीय चेवन दाहाल भने फरार रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुँडालले जानकारी दिए । रासस