Indrenionline.com

रक्सोल नाकामा भारतीय पक्षको अवरोध

पर्सा, २६ मंसिर । रक्सोल नाकाबाट नेपालतर्फ हुने आयातमा भारतीय पक्षले अवरोध गरेको छ। रक्सोलस्थित भारतीय भन्सार कार्यालय नजिकै टेन्ट टाँगेर भारतीयहरु धर्नामा बसेपछि रेलमार्फत नेपालतर्फ हुने आपूर्ति रोकिएको छ ।

नेपाल आउने औद्योगिक कच्चा पदार्थ लगायतका मालसामान अनिश्चितकालका लागि रोक लगाउने चेतावनी दिएको एक दिनपछि आजबाट भारतीयहरु धर्नामा बसेका छन् । रेलमार्फत रेलवे साइडबाट आउने सिमेन्ट उद्योगको कच्चा पदार्थ क्लिङ्करले वातावरण प्रदूषण भई रक्सोलवासीको स्वास्थ्यमा असर पारेको आरोप उनीहरू धर्नामा बसेका हुन् ।

नेपालतर्फ सबैभन्दा धेरै सामान आयात हुने वीरगन्ज नाकासँगैको रक्सोलका बासिन्दा र भारतीय रेल्वेबीच लामो समयदेखि जारी वायु प्रदुषण सम्बन्धी विवादकको मारमा नेपाली आयाकर्ता पर्ने भएका छन् । नेपालतर्फको ढुवानी रोक्ने गरी भारतीय नागरिकहरु धर्नामा बसेपछि रेलमार्फत आउने सामान आजैबाट रोकिएको छ।

यो समस्याको समाधानका लागि बारम्बार आग्रह गर्दा समेत चासो नदिएकाले रक्सोलबाट मालसामान ढुवानीमा रोक लगाउँदै आफूहरु धर्नामा बस्नुपरेको उनीहरुले बताएका छन् ।