Indrenionline.com

प्रचण्ड र बैद्यबीच भेटघाटमा के-के कुरा भए

मंसीर २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यबीच भेट बार्ता भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो । भेटका क्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले प्रधानमन्त्री प्रचण्डलाई ६२ औं जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिएकोमा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे अवगत गराएका थिए ।