Indrenionline.com

चैत्र महिनादेखि विद्युत विहिन नयाँवस्ती गाँउ

रेखा मगर
दाङ, ९ जेठ
दाङको सैघा गाविस ७ नयाँवस्तीमा विद्युतको पोल भाँचिएपछि त्यस गाँउका ४० घरपरिवार अन्धकारमा वस्न वाध्य भएका छन । नयाँबस्ती स्थित विद्युतको काठका पोल जिर्ण भएर भाँचिएपछि गत चैत्र २१ गतेदेखि त्यस गाँउ विद्युत विहिन भएको हो ।11111111111111

गाँउमा विद्युत उपलव्ध गराउन विद्युत प्राधिकरण घोराहीलाइ पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको नेकपा माओवादी केन्द्रका सैघा गाँउ पार्टी सचिव जंग रोकाले जानकारी दिनुभयो ।

केहि दिन पहिले पनि नयाँवस्ती वासीले प्राधिकरणमा विद्युत सुचारु गर्न र जीर्ण पोल परिवर्तनका लागी ज्ञापनपत्र वुझाएका थिए । तर कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

गाँउमा विद्युत नभएपछि विद्युतीय काम प्रभावित भएका छन भने मोवाइल चार्ज गर्न समेत समस्या भएको रोकाले जानकारी दिनुभयो ।

साथै विद्युत सन्चालनका लागी सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराइने

उहाँको भनाइ छ ।।