Indrenionline.com

लुम्बिनीमा आज भव्य समारोह गरि बुद्ध जयन्ती मनाइयो

लुम्बिनी , ८ जेठ । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आज २५६० औँ  बुद्ध जयन्ती भव्य समारोह गरि मनाइएको छ ।

वेहुली झैँ धपक्कै बलेकी लुम्बिनी मायादेवी मन्दिरमा  धार्मिक पूजा र बृहत शान्ति र्‍याली गरेर बुद्ध जयन्ति मनाइएको हो ।

बौद्ध धर्ममा आस्था राख्ने बौद्ध धर्मालम्बीहरु, आन्तरिक र बाह्रय  पर्यटकहरु आज भेला भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख दलका नेता र विदेशी पाहुनाहरुको भब्य उपस्तिथी थियो।

 कार्यक्रममा अतिथीको रुपमा भारत, श्रीलंका, चीन लगायत देशका राजदूतहरुको पनि सहभागिता  थियो भने  २८ मुलुकका प्रतिनिधि लुम्बिनी मा सहभागी थिए ।