घोराही, मंसिर २४ । कम्प्युटर ब्यवसायिहरुको छाता संगठन क्यान महासंघ दाङको पुर्व सहमति अनुसार नयाँ नेतृत्व चयन भएको छ । क्यानका केन्द्रिय अध्यक्ष विनोद ढकाल, केन्द्रिय उपाध्यक्ष विनोद ढकालको उपस्थितीमा २०७२ मसिर २४ गतेको सहमति अनुसार शीशीर लम्सालको अध्यक्षतामा सहसचिव र एक जना सदस्य पछि थप गर्ने गरी नयाँ कार्य समिति चयन गरीएको हो ।
यसैविच क्यान महासंघ दाङको पद हस्तान्तरण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । लम्साल नेतृत्वको नयाँ कार्य समितिलाई पद हस्तान्तण गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि सस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य पिताम्वर पौडेल, विशिष्ट अतिथि नेपाल पत्रकार महासघ दाङका सल्लाहकार सविन प्रीयासनले कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई टिका तथा खादा ओढाएर बधाई तथा शुभकामना दिनु भएको थियो । क्यान दाङका पुर्व अध्यक्ष नरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रममा सुरेन्द्र रिजालले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने सहजिकरण क्यानका कमल पुजालिले गर्नु भएको थियो ।