काठमाडौं, २४ मंसिर । उदयपुरको लेखनी–५ भदौरेमा आज बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ३९ जना घाईते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।
बसमा ४२ जना यात्रु थिए । सत्तरीको मधुकट्टा वडा नम्बर ६ र ७ बाट हलेसी दर्शनका लागि समूहमा गएका यात्रु चढेको ना ४ ख ३६२० नम्बरको बस सडकबाट करिव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।