काठमाडौं २४ मंसिर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार हेमन्त पोखरेलसहित ११ जना पार्टी परित्याग गरी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा फर्किएका छन् ।
संसदवादको आहालमा डुब्दै राष्ट्रियता नै सङ्कटमा पार्ने काममा माओवादी केन्द्रको नेतृत्वले लागेकाले आफूहरु क्रान्तिकारी पार्टीमा फर्किएको उनीहरूको भनाइ छ । गाउँ सेक्रेटरी धिरेन चौधरी सहित ९ जना पनि वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा समाहित भएको हो ।