काठमाडौं, २४ मंसिर । पूर्वउपप्रधान तथा गृहमन्त्री माधव घिमिरे जीप दुर्घटनामा परी बेपत्ता भएको घटनाका सम्बन्धमा छानविन गर्न गठन भएको छानविन समितिले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि समक्ष प्रतिवेदन बुझाएको छ।
गत असोज ९ गते पोखराबाट काठमाडौं फर्कने क्रममा पूर्व गृहमन्त्री घिमिरे चढेको गाडी चितवनको दारेचोक नजिक घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको थियो। छानविन समितिले बुझाएको प्रतिबेदनमा सो ट्रकलाई ओभरटेक गर्ने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री निधिले प्रतिवेदन कार्यान्वयन गर्न सरकार लागि पर्ने बताएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।
उक्त समितिलाई धादिङको मार्पाकमा भएको बस दुर्घटनाको समेत छानविनको जिम्मेवारी दिइएको थियो। समितिले सो बस दुर्घटनाको प्रतिवेदन पनि उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र निधिलाई बुझाएको छ।