काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संविधान संशोधन पछि कुन धाराले चुनाव हुन्छ भनि प्रश्न गरेका छन् ।
वर्तमान संक्रमणकालिन सरकारको मुख्य काम चुनाव गराउनु भएको उल्लेख गर्दै ओलीले आफू नेतृत्वको सरकारले तयार पारेको कार्यतालिका समेत गृहमन्त्रालयको घर्रामा राखेर सरकार बसेको भन्दै उनले आक्रोश पेखे ।
‘अहिलेको सरकारको काम चुनाव गराएर संक्रमणकाल टुंग्याउने हो’ ओलीले भने ‘तर सरकार अरु कसैको स्वार्थ पुरा लागेको छ । यो सवै निर्वाचन हुन नदिने षडयन्त्र हो । सरकारले तुरुन्त चुनाव घोषण गरोस् । चुनावको घोषण नगर्ने हो भने कुर्सीमा बस्ने नैतिक अधिकार छैन ।’