एजेन्सी, २३ मंसिर । इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम क्षेत्रमा भएको हवाई हमलामा ६३ भन्दा वढी मारिएका छन् ।
यसरी मारिनेहरुमा धेरै बालबालिका र महिला रहेको बीबीसीले जनाएको छ ।
मेडिकल सूत्रहरुका अनुसार हमलामा कम्तिमा ६३ मानिसको मृत्यु भएको छ । सिरिया लगत्तै इराकको उक्त सहरमा उज्ञात जेट विमानबाट मिसाइल हमला गरिएको थियो । र, हमलाको निशाना चुक्दा रिहाईशी क्षेत्रमा खसेको थियो ।