काठमाडौं, २३ मंसिर । नेपालमै पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा हिजो मात्रै एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको हो ।
दक्षिण कोरियाका १४ सहित नेपाली चिकित्सकको टोलीले एक किशोरमा कलेजो प्रत्यारोपण गरेको हो । बुधबार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म ८ घन्टा लगाएर प्रत्यारोपण गरिएको अस्पताल स्रोतले बतायो । करिब ४२ वर्षीया महिलाले बिरामी भाइलाई कलेजो दिएकी हुन् ।
कोरियाली चिकित्सक डेभिन कोनको नेतृत्वमा भएको कलेजो प्रत्यारोपणमा चार एनएस फिजिसियन, चार सर्जन र ६ नर्स सहभागी थिए । कलेजो रोगका नेपाली विशेषज्ञ चिकित्सक पनि शल्यक्रियामा सहभागी थिए । कलेजो प्रत्यारोपण गर्न नेपालीले विदेश नै जानुपर्ने बाध्यता थियो ।