काठमाडौं, २२ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा ठुलै षडयन्त्रका साथ सङ्घीयता प्रवेश गराइएको बताए ।आज बसेको संसद् बैठकमा केसीले भने, ‘सानोतिनो डिजाइनमा सङ्घीयता प्रवेश गरेको हैन, सङ्घीयताले देशलाई विखण्डन तर्फ लैजान्छ, यो नेपालको राष्ट्रियता, स्वतन्त्रतता, अखण्डता र तराईलाई पहाडबाट अलग गराउने खेल हो ।’
राष्ट्रिय, राष्ट्रियता र अखण्डतालाई अप्ठ्यारो पार्ने हिसाबले नागरिकता, भाषा आयोग, प्रदेशको सीमाङ्कन र राष्ट्रियसभामा प्रतिनिधित्वजस्ता कुरा सामेल गरेर ल्याइएको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म सदन चल्न नसक्ने केसीले चेतावनी दिए ।