उदय बीसी
दाङ, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुँने बताएका छन् । देउखुरीको सिसहनियाँमा आज राप्ती पुलको शिलान्यास गर्दै प्रचण्डले संसोधन प्रस्तावमा हेरफेर (परिमार्जन) गर्न सकिने तर कुनै हालतमा फिर्ता नहुँने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रचण्डले आफू यो प्रस्तावको आवेसकाराक नभइ नेकपा एमाले त्यसमा पनि केपी शर्मा ओली भएकाले विस्तारै एमालेले आलोचना महसुस गर्दै सहमतिमा आउने दावी गरे । ‘यो प्रस्तावको आवेसकारक म होइन, यसको आवेसकारक एमाले हो त्यसमा पनि केपी ओलीजी हो’ प्रचण्डले भने, ‘अहिले यसलाई राष्ट्रघाती भनेर आन्दोलनको वितण्डा मच्चाउनुको कुनै अर्थ छैन उहाँहरु आफू सहमतिमा आउनुहुन्छ ।’
दाङको विकासको वारेमा चर्चा गर्दै दाहालले दाङमा सबै क्षेत्रमा सडकको विकास भएको देखिए पनि केही ठाउँ अत्यन्त विकट रहेको बताए । उनले दाङलाई आफ्नो पार्टीले प्रदेश नं. ५ को केन्द्र मान्दै आएको र आफूले पनि सरकारको प्रमुख भएकै वेला उच्च अदालत यही स्थापना गरेकाले झन प्रदेशको केन्द्र बन्ने सुनिश्चित भएको बताए ।
उक्त निर्माण कम्पनीले यो पुल अबको चार वर्षमा सम्पन्न गरिसक्ने प्रधानले जानकारी दिएका थिए । कार्यक्रममा सिंचाई मन्त्री दिपक गिरी, पूर्वमन्त्री रेखा शर्मा, सांसदहरु डिल्लीबहादुर चौधरी, गंगा चौधरी, योगेन्द्र चौधरीलगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।