दाङ, जेठ ८ । राप्ती अंचलको सर्वाधिक लोकप्रिय गायन प्रतियोगिता हिरो अफ भ्वाइस ४ को शुक्रबार लमहीमा भएको अडिसनबाट २० जना छानिएका छन् । अडिसनमा ६८ जना नवप्रतिभाहरुले भाग लिएका थिए । दोस्रचरणको प्रतिष्पर्धाका लागि छानिनेहरुमा मानसी सिंह, सुरेन्द्र चौधरी, प्राची विडारी, बिक्रम पन्थी, रेखा घर्ती मगर, सुशीला सुनार, सविता श्रेष्ठ, सपना परियार, निरञ्जन सापकोटा, नवीन भूसाल, साक्षी गुप्ता, सुजन विष्ट, सुवर्ण घर्ती मगर, विवेक नेपाली, प्रिक्षा चौधरी, सविना सुनाम, दिक्षा अधिकारी, नीरज वली, सरु राना मगर र संगम रोकामगर रहेका छन् । लमही अडिसनको निर्णायकमा गायक एवं देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक सुधीर अधिकारी हुनुहुन्थ्यो ।
त्यस अवसरमा रोजी बर्ड्स उमाविका प्राचार्य राजु यादवलाई सम्मान गरिएको थियो । लमही अडिसन संयोजक गौरव आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण हिमा थापाले गर्नु भएको थियो । कार्यक्रममा विविध सांगीतिक प्रस्तुतीहरु देखाइएको थियो । गत जेठ १ गते घोराहीदेखि प्रारम्भ भएको हिरो अफ भ्वाइसको अन्तिम अडिसन जेठ १४ गते तुलसीपुरमा हुने भएको छ । गायन विधाका नवप्रतिभाहरुको उत्साहजन सहभागिता रहेको यस कार्यक्रमको जेठ १५ देखि प्रतिष्पर्धा राउण्ड शुरु हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु. ५० हजार बराबारको पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट तीन जनालाई गीत रेकर्डिङको अवसर प्रदान गरिने भएको छ ।