काठमाडौं, २१ मंसिर । राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डताका लागि दलहरुका नेतृत्व एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जाने आशङ्का व्यक्त गरेका छन् ।
यथास्थितिमा विधेयक स्वीकार्न नसकिने बताउँदै उनले भने, ‘विधेयकमा समावेश गरिएका अधिकांश विषयवस्तु तथा दफा राष्ट्रको हितमा छैनन् ।’ थापाले विधेयकप्रति मधेसी मोर्चा असन्तुष्ट तथा प्रमुख प्रतिपक्षसहित केही दलका साथै प्रदेश नं ५ का जनता आन्दोलनमा रहेकाले सरकारले विकल्प खोज्नुपर्नेमा जोड दिए ।
अध्यक्ष थापाले निर्धारित समयभित्र तीन चरणको चुनाव गराउनुपर्ने संवैधानिक बाध्यता रहेको तर मधेसी मोर्चाको सहभागिताबिना चुनाव गर्न कठिन रहेको स्पष्ट गरे ।