काठमाडौं, २१ मंसिर । “यो माया हो”, “सेवारो नमस्ते” लगायतका सफल गीतहरु बजारमा ल्याइसकेका गायक मविन्द्र राईले नयाँ गीत “माया जालै” मा बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
पुतलीसडकमा रहेको डि. स्टूडियोमा रेकर्ड गरिएको गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ । यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको सार्वजनिक “माया जालै” मा बोलको भिडियोमा शैलेस हमाल र अन्जु भण्डारीले अभिनय गरेका छन् ।