काठमाडौ २१ मंसिर । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पार्टी केन्द्रीय आयोजक समितिलाई थप विस्तार गर्ने भएको छ । यसअघि नै ठूलो संख्याको समिति बनाएर आलोचित बनेको माओवादीले सदस्य थपेर तीन हजार नौ सय ९९ सदस्यीय आयोजक समिति बनाउन लागेको हो ।
महाधिवेशन आयोजक समितिमा हाल २४ सय ८३ सदस्य छन् । तर, आकांक्षी संख्या बढी भएकाले धरैभन्दा धेरैलाई समेटर ३ हजार ९ सय ९९ सदस्यीय समिति बनाउन लागिएको चिवालय सदस्य झक्कु सुवेदीले जानकारी दिए ।