काठमाडौं, २१ मंसिर। नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँ घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ घटाएको निगमका प्रवक्ता भानु खनालले जानकारी दिए ।
यसैगरी पेट्रोल डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्यमा भने कुनै समायोजन गरिएको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढेकाले मूल्य यथावत राखेको प्रवक्ता खनालले जानकारी दिए । हाल प्रतिलिटर पेट्रोलको मूल्य ९७ र डिजेल ७३ रुपैयाँ छ । खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय २५ रुपैयाँ छ ।