अर्घाखाँची, २१ मंसिर । ६ दिन देखि बन्द रहेको अर्घाखाँची मंगलबारदेखि खुलेको छ । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्राउने गरी ल्याएको संशोधन प्रस्तावको विरोधमा भएको बन्द मंगलबारदेखि खुले पनि आफ्नो आन्दोलन भने जारी रहेको आन्दोलनकर्ताले बताएका छन् ।
यस्तै बन्दका कारण १५ गतेदेखि रोकिएको विद्यालयको अर्धबार्षिक परीक्षा पाि मंगलबारदेखि सुरु हुने भएको छ ।