बुटवल, २० मंसिर । जिल्लामा ६ दिनदेखि सुरु भएको आन्दोलन र प्रदर्शन आज सोमबार पनि जारी छ । संविधान संशोधन प्रस्तावमा गरिएको सीमांकन हेरफेरको विरोधमा बुटवलमा आज बिहानैदेखि चोक–चोकमा जम्मा भएर प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।
संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिदासम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीको भनाइ छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसी मुकुन्द मरासिनीले आन्दोलन शान्तिपूर्ण रहेको जानकारी दिए आन्दोलनलाई ध्यान दिदै सुरक्षा व्यवस्था भने कडा पारिएको छ ।