लक्ष्मण रसाइली
जाजरकोट, २० मंसिर । गरिब दुःखीका दिन सधै दुःख नै दुःखमा नै बित्छन्। झन त पिछडिएको जाती समाजबाट पछाडि पारिएकाको दुःखको बेला पनि कुनै सहयोग बिनाको नै हुन्छ।
गरिबमै हुर्केका यी बालबालिकाको राम्रो लालान पालन हुन नपाउदै बाबुको मृत्यु भएको छ । अहिले सर्मिला पनि एकदम नाजुक अबस्था भएसंगै यी बालबच्चा गाउँलेकै घरमा घुमेर खाने र कुनै ठुलो परिश्रम गरेर खाने उमेर पनि नहुँदा बिचल्ली परेका हुन् । र उनीहरुको गाउँमा कोही आफन्त पनि नभयकै कारन न खान न बस्न अबस्था हुँदा बिचल्ली परेका छन् ।
यो कठाग्रीदो चिसोमा न राम्रो नान छ न त खाना नै । यसरी विचल्लीमा परेकालाई सहयोग गर्दा धर्म नै लाग्ने सामाजिक अभियन्ता प्रमोद बिश्वकर्माको भनाइ छ ।