एजेन्सी, २० मंसिर । अमेरिकाको क्यालिफोर्नियामा आगलागीबाट कम्तिमा ४० जनाको ज्यान गएको आशंका गरिएको छ । १२ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको छ । उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले ९ जनाको ज्यान गएको पुष्टि गरेका छन् । तर यो संख्या ४० पुग्ने बताएको खबरमा उल्लेख छ । आगलागी भएको भवनमा ५० देखि १ सय जना फसेका हुन सक्ने अग्नि नियन्त्रकले बताएका छन् । स्थानीय युवा र अरु विदेशी युवा भवन भित्र फसेका अग्नि नियन्त्रकले बताएका छन् ।