Indrenionline.com

शितलहरका कारण बर्दियाको जनजिवन प्रभावित

कुशुम वि.क.

बर्दिया २० मङ्सिर ।  बर्दियामा आज विहानै देखि लागेको कुहिरोका कारण आज दिनभर जनजिवन प्रभावित बनेको हो । आज एक्कासी सुरु भएको सीतलहरका कारण वालवालिका र बृद्धबृद्धा निकै प्रभावित बनेका छन । सीतलहर सगै अत्याधिक जाडो बढेपछि वालवालिकाहरुमा स्वासप्रश्वास र निमोनियाको सक्रमण बढेको अस्पतालले जनाएको छ ।

आज बर्दियामा बाक्लो हुस्सु र कुहिरोका कारण सीतलहरले गर्दा बजारमा मानिसहरुको चहल पहल निकै कम रहेको थियो भने सवारी साधन पनि कम मात्रामा चलेका थिए । एक्कासी वढेको चिसो र शितलहरका कारण मानिसहरु विभिन्न स्थानमा आगो तापिरहेका देखिन्थे । सीतलहरका कारण तरकारी वालिलाइ समेत असर गर्ने किसानहरुको भनाइ छ ।

यतिखेर तरकारी वालीमा आलु , टमाटर र सागपातमा यो सीतलहरले प्रभावित पार्ने शिवपुर गाविसका वार्ड न ९ कालिगौडीका किसान अम्मर चौधरीले बताउनु भयो बताएका छन । वजार लगायतका क्षेत्रमा  सवारी साधन कम मात्रमा चलेका थिए भने चलेका सवारी साधनले हेडलाइट समेत वाल्नु परेको थियो ।

हिजो अस्ती सम्म दिउसो घाम लाग्ने गरेपनि आज घाम नलागेका कारण मानिसहरुको चहल पहल कम भएकै काराण आज वोहनी समेत नभएको स्थानिय किराना पसल सचालन सुदिप गुप्ताले बताए । यसै विच बर्दिया सग सीमा जोडिएको बाकेको नेपालगञ्जबाट हुने हवाइ उडान समेत ठप्प भएको छ । बाक्लो हुस्सु लागेका कारण नेपालगञ्ज वजार पनि आज सुनसान देखिएको थियो ।