काठमाडौं, १९ मंसिर । गएको मंगलवार राति सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई भारतले महत्वपूर्ण कदम भएको बताएको छ ।
भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ताले दिल्लीमा भएको नियमित पत्रकार भेटघाटका क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । छिमेकीको नाताले नेपालको शान्ति, स्थायित्व र आर्थिक विकासलाई गति दिनको लागि भारत सदैव तत्पर रहेको पनि उनले बताएका छन् । नेपालको शान्ति, स्थायित्व तथा प्रगती नेपाल र भारत दुवैको हितमा रहेको उनले ताए ।