काठमाडौं, १९ मंसिर । केही दिन पहिले जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वम राखेको आरोपमा प्रहरीले आज राजविराज–५ का भवानीप्रसाद यादव र गौरीपुर–५ का नथुनी यादवला्रई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई संगठिन अपराध ऐन तथा बिस्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।