काठमाडौं, १९ मंसिर । संविधान संसोधनको विषयलाई लिएर दलहरुबीच दुरी वढ्दै गइरहेकोे वेला समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आब्हान गरेकी छिन् ।
सरकारले गत मंगलबार संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेपछि बढदै गएको राजनीतिक दूरीलाई न्यूनिकरण गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ । सरकारले उक्त प्रस्ताव दर्गा गरेलगत्तै विभिन्न जिल्लामा आन्दोलन समेत भइरहेको छ । राष्ट्रपति भण्डारीले दलहरूलाई सहमतिबाट निकास खोज्न आग्रह गरेको बताइएको छ ।