Indrenionline.com

संसद बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं, १९ मंसिर । विपक्षी दलका सांसद बस्न नमानेपछि संसद बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण संसद बैठक आइतबार स्थगित भएको हो ।

बैठक स्थगित भएका कारण अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेन ।

बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगको प्रस्तावमाथिको छलफल अघि बढाउन कार्यसूची थियो । नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले बोले लगत्तै विपक्षी दलका सांसदहरु आफ्नो सिटबाट उठेका थिए ।

सभामुख ओनसरी घर्तीले पटक पटक कार्यसूची सम्झाउँदै विपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गरेकी थिइन् । बैठक मंसिर २२ गते बुधबार १ बजे बस्ने छ ।