काठमाडौं, १८ मंसिर । राज्यको संघीय पुनर्सरचनामा मगर जातिको पहिचान, पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्न नेपालको संविधान संशोधन गरिनु अनिर्वाय भएको नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरले बताउनु भएको छ ।
जस अनुसार मंसिर २० गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रम, मंसिर २२ गते ७५ जिल्ला सिडियो कार्यालयमार्फत प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाउने र १८ विदेश शाखाबाट सम्बन्धित राजदूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र मंसिर २५ गते पोखरामा वृहत मगरात भेला गर्ने घोषणा गर्नुभयो ।
त्यस्तै नेपाल मगर संघ सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिको पाँचौ अधिवेशनले १६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसअनुसार अध्यक्ष– दीपक थापा मगर, उपाध्यक्ष–राजकुमार थापा मगर, सचिव–राम थापा‘सिसिर’, सहसचिव–भिष्म थापा मगर, कोषाध्यक्ष–संगीता थापा मगर, सदस्यहरुमा कोपिला थापा मगर,कमला मगर, कल्पना थापा मगर,रेशम कुमारी रखाल मगर,राम थापा मगर, नन्द कुमारी मगर, पदम बहादुर थापा मगर,निशा थापा मगर, सृजना थापा मगर, सुरेन्द्र रखाल मगर रहेका छन् । त्यस्तै तीन सदस्य सल्लाहकार समिति चयन गरेको छ । जसमा राजेन्द्र थापा मगर, झलक थापा मगर र बमबहादुर थापा मगर रहेको छ ।
कार्यक्रममा विशेष अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय केन्द्रीय समिति अध्यक्ष जगत रेश्मी मगर, सम्पर्क समन्वय केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय पूर्वकोषाध्यक्ष राजेन्द्र थापा मगर, सम्पर्क समन्वय केन्द्रीय समिति महासचिव होमराज खपाङ्गी मगरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता अध्यक्ष बमबहादुर थापा मगर, सचिव राम कुमार मगरले संचालन र सांगाठनिक एवं कोषाध्यक्ष राजकुमार थापा मगरले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।