Indrenionline.com

बन्दको अवज्ञा गरेको भन्दै मोटरसाइकल तोडफोड

गुल्मी, १८ मंसिर । पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा गुल्मीमा भइरहेको अनिश्चितकालिन बन्दको चौथो दिन शनिबार बन्दकर्ताले बन्द अवज्ञा गरेको भन्दै एउटा मोटरसाइकल तोडफोड गरेका छन् । पाँचवटा मोटरसाइकल नियन्त्रणमा लिएका छन् ।

बन्दको अवज्ञा गरेर सवारी साधन सञ्चालन गरेको भन्दै सदरमुकाम तम्घास क्याम्पसरोडमा लु ९ प ४३३३ नम्बरको मोटरसाइकल तोडफोड गरिदिएका हुन् ।

पाँच नम्बर प्रदेश टुक्राउने गरी सरकाले संसदमा पेश गरेको संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग राखि गुल्मी बन्दको घोषणासहित आन्दोलनमा गरिरहेका राजनीतिक दल, संघ संस्था, नागरिक समाज, उद्योगी तथा व्यापारी, विद्यार्थी संघ संगठनहरुले शनिबार पनि जिल्लामा विरोधका कार्यक्रम प्रदर्शन गरेका छन् ।

चारदिनदेखि यातायात सेवा ठप्प भएपछि सेवाग्राही र अन्य सर्वसाधारणलाई सदरमुकाम तम्घास आवत जावत गर्न निकै समस्या परेको छ ।