काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणाले एमाले सहमतिमा नआएपनि संविधान संशोधन हुने बताएका छन् । सकेसम्म सहमतिका लागि प्रयास हुने र नभए एमाले नआएपनि संविधान संशोधन हुने उनले बताएका हुन् ।
उनले पाँच नम्बर प्रदेश टुक्रिएको विरोधमा भएको आन्दोलन जनताले स्वतःस्फूर्त रुपमा विरोध गरेको नभई एमालेले भड्काएको आरोप लगाए । ‘आन्दोलन नभड्केको भए हुने त्यो जनता स्वतस्फूर्त होईन एमालेको गडबढी हो’ उनले भने ।