इनरुवा, १८ मंसिर । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनले मुलकुमा भइरहेको समस्याको समाधान हुने भन्दै त्यसपछि मुलुक राजनीतिक निकास तर्फ उन्मुख हुने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले संविधान संशोधन भएपछि मुलुक निर्वाचनमा जाने र शान्ति तथा स्थायित्व कायम हुने विश्वास राखेका थिए। संविधान संशोधन प्रस्ताव पारित नभए पनि सरकार परिवर्तन नहुने र यही सरकारले काम चलाउने उनको भनाइ थियो ।